+
+
Shares

सगरमाथा अञ्चल अस्पतालमा तोडफोड, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १७:४२

२७ असोज, सप्तरी । चिकित्सक डयूटीमा नआएको भन्दै राजविराजस्थत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार तोडफोड गरिएको छ ।

बिरामी लिएर आएका केही ब्यक्तिले दिउँसो २ बजेसम्म पनि चिकित्सक अस्पतालमा नआएको भन्दै तोडफोड गरेका हुन् ।

अस्पतालमा कार्यरत चिकित्सक डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउँसो २ बजेसम्म पनि अस्पताल नआएको भन्दै तोडफोड गरेका हुन् । आक्रोसित विरामीका आफन्तहरूले नाराबाजी समेत गरेका छन् ।

गरिएको तोडफोडका कारण डा.झा र डा. यादवको विरामी जाँच्ने कोठामा क्षति पुगेको छ ।
अस्पतालमा तोडफोड गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज-१ निवासी गुन्जन झा रहेका छन् ।

अहिले अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?