+
+
Shares

विप्लवका दाजु चन्द्रबहादुर चन्द दाङबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते ९:४७

३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले अनलाइनखबरलाई बताए ।

उनले पक्राउ पर्नेको विवरण आइनसकेको बताए । यद्यपि, जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाजु हुन् । उनीसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।

अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङतर्फ ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?