
१० कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार टुंगो लगाएको छ ।
नेकपाले उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडानम्बर १६, खैरहनी नगरपालिकाको ४ र वडा ५ मा वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।
भरतपुर- १६ मा भक्तराज हमाल, खैरहनी-४ मा वेदबहादुर अधिकारी र खैरहनी-५ मा पुननारायण प्रधानलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी र केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।
यस्तै, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावलको संयोजकत्वमा १५१ सदस्यीय भरतपुर महानगरपालिका-१६ निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
त्यसैगरी खैरहनी नगरपालिका-४ मा कमल पाठक र ५ मा जगन्नाथ आचार्यको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय नेकपाले गरेको छ ।
प्रतिक्रिया 4