
१० कात्तिक, काठमाडौं । प्रहरीले कालिज मान्न भरुवा बन्दुकसहित गएका दुई जनालाई पक्राउ गरेको छ ।
शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई शनिबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जीवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई भरुवा बन्दुक, मरेको कालिज ३ वटा, खुकुरी १ थान, टर्चलाईट ५ थान र बारुद तथा कच्चापदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4