+
+
Shares

सुनसरीबाट ४ लाख २५ हजारको कपडा तथा जुत्ता बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १७:५४

१० कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट करिब ४ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको भन्सार छलीका कपडा तथा जु्त्ताचप्पल आइतबार बरामद गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-८ स्थित पूर्व–पश्चिम लोकमार्गमा विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्नेक्रममा नक्कली बील बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको कपडा तथा जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । बरामद गरिएका कपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छतकुलीले बताए ।

यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा धनुषाको जनकपुर उपमहानगरपालिका–१६ स्थित कपिलेश्वरबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?