
१० कात्तिक, चितवन । चितवनमा नारायणी नदीको पुलबाट हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ, एक जना वेपत्ता भएका छन् ।
आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३१ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
उनीसँगै हामफालेका भनिएका अर्का व्यक्ति बालक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले खबर गरेपछि प्रहरीले डुंगाको सहायताले खोजी गर्दा एकजनाको शव भेटिएको र अर्का एक जना बेपत्ता नै रहेको प्रहरीले जनाएको छ ।
उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । मृत्यु हुने र बेपत्ता हुनेको पहिचान खुलेको छैन र उनीहरुको सम्बन्ध पनि खुलेको छैन ।
शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । नारायणगढका स्थानीयका अनुसार ती व्यक्ति केही दिनदेखि नारायणगढमा देखिएका थिए ।
प्रतिक्रिया 4