
१० कात्तिक, काठमाडौं । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरिसकेका हास्य कलाकार मनोज गजुरेलले यसपालि चिनियाँ राष्ट्रपति सी चिनफिङको अभिनय गरेका छन् ।
तिहारको उपलक्ष्यमा सिस्नो पानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा हास्य कलाकार गजुरेल चिनियाँ राष्ट्रपतिको भेषमा उपस्थित भएका हुन् ।
चिनियाँ राष्ट्रपतिका रुपमा आफूलाई प्रस्तुत गर्दा निकै मिहेनत गर्नुपरेको गजुरेलले अनलाइनखबरलाई बताए । खास गरी आफ्नो नाक लामो भएको अनुहार आर्यनको भएकाले सी चिनफिङजस्तै देखिन गाह्रो परेको उनको अनुभव छ ।
नाक र आँखाले साथ नदिएपछि गजुरेलले अनुहारमा सीजस्तै देखिने मास्क लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतको उपस्थितिमा आयोजना गरिएको देउसी कार्यक्रममा सीताराम कट्टेल धुर्मुसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘क्यारिकेचर’ गरेका थिए ।
चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्रीवीचको प्रहसनमा सीले ओलीलाई खेलौनारुपी सुरुङ र मेट्रो रेल उपहार दिँदै बासबारी छाला जुत्ता र ट्रली बसजस्तो नहोस् भन्दै व्यंग्य गरेका थिए ।
कार्यक्रममा मनोज गजुरेल जोगीमो भेषमा समेत प्रस्तुत भएका थिए ।
प्रज्ञा प्रतिष्ठान र सिस्नोपानी नेपालको संयुक्त आयोजनामा प्रदर्शित देउसी कार्यक्रममा देउसी कार्यक्रममा कलाकारहरुले विभिन्न जातीका संस्कृति झल्कने नृत्यसमेत प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4