+
+
Shares

पार्टी प्यालेसबाट झण्डै ६ लाख नगदसहित २८ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते ९:१३
Photo Credit : onlinekhabar/File

११ कात्तिक, कावासोती । नवलपरासीको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी गुल्मीको गुल्मी दरबार गाउँपालिका-७ गलाममा जुवा खेलिरहेका १७ जना पनि पक्राउ परेका छन् । निलासिंह अधिकारीको घर जुवा खेलिरहेका १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । प्रहरीले जुवाको खालबाट झण्डै ३ लाख रुपैयाँ समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै गुल्मी प्रहरीले पटका पड्काउदै हिँडेका ७ जना युवालाई पनि सदरमुकाम तम्घासबाट नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?