
११ कात्तिक, महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ ।
लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4