+
+
Shares

माछा मार्ने क्रममा डुबेर युवक वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते १४:५१

११ कात्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका ९ पायल गाँउका एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरकले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित सात जना प्रहरीको टोलीले हुडकेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

उनले हुडकेको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टीमलाई बोलाइने बताए । स्थानीयका अनुसार उक्त क्षेत्र गोहीको बासस्थान भएका कारण हुडकेलाई गोहीले तानेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?