+
+
Shares

कश्मीरमा गोली हानेर पाँच जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते ६:२०

१३ कात्तिक, काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो ।

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् । आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ ।

युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मु-कश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?