
१३ कात्तिक, खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4