
१३ कात्तिक, काठमाडौं । बाराको बगरमपुरका एक युवक पर्साको सबैयामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
पर्सागढी नगरपालिका-३ सबैयास्थित ससुरालीको घरमा बस्दै आएका २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहनी झुण्डिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै, असोज ६ गते विष सेवन गरी गम्भीर भएका सखुवा प्रसौनी गाउँपालिका-५ महुवनका ५४ वर्षीय राजेन्द्रप्रसाद कलवारको उपचारका क्रममा नेशनल मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4