+
+
Shares

स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते ११:४८

१३ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् ।

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । ‘रेगुलर चेकजाँचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ ।’

११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री को मिर्गौला प्रत्यारोप गरिएको थियो ।  मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?