+

यू–१९ क्रिकेट टिमको कप्तान बने ऋत

२०७६ कात्तिक  १३ गते १४:२२ २०७६ कात्तिक १३ गते १४:२२
यू–१९ क्रिकेट टिमको कप्तान बने ऋत

१३ कात्तिक, काठमाडौं । यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । र, ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् ।

बुधबार घोषित टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि र कुशल मल्ल छन् ।

यस्तै विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् ।

दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा भने वैकल्पिक खेलाडीमा परेका छन् ।

नोभेम्बर १० बाट हैदराबादमा सुरु हुने प्रतियोगितामा भारतको निलो, रातो र पहेँलो गरी तीन टिम सहभागी हुनेछ भने नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय