
१३ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।
बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली त्यहीँ भर्ना भएका हुन् ।
स्वास्थ्य परीक्षण पूरा नभएकाले प्रधानमन्त्री ओली बुधबार राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4