+
+
Shares

रूखबाट लडेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १९:१४

१३ कात्तिक, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर बुधबार एक युवकको मृत्यु भएको छ ।

घरनजिकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए ।

रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए  । ‘आज बिहान उनी घाँस काट्न घरबाट निस्कएका रहेछन्’, उनले भने, ‘घाँस काट्दै गर्दा रूखको हाँगासमेत भाँचिएर भुइँमा बजारिन पुग्दा मृत्यु भएको हो ।’

पूर्वनेपाली सेना दराईको मृत्युले गाउँ नै शोकमा डुबेको छ । घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि स्थानीयवासी पुगेको भए पनि घटनास्थलमै उनको मृत्यु भएको वडासदस्य दराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?