
१४ कात्तिक, काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । करीब ४० घाइते छन् ।
राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।
पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।
घटनामा करीब ४० घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पताल लगायत अन्य अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।
यसैबीच मृतकका परिवारलाई जनही १५ लाख राहत र घाइतेलाई उपचारका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा रेलमन्त्री शेख रसिदले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4