+
+
Shares

भ्रमण वर्षभर विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १३:२८

१४ कात्तिक, काठमाडौं । होटेल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गर्दै छुट योजना सार्वजनिक गरेका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो ।

हानका महासचिव साजन शाक्यका अनुसार अब एक वर्षभर होटेलले आफ्नो रुमको मूल्यमा ३० प्रतिशत छुट दिने भएका छन् । खानामा पनि १५ प्रतिशत छुट दिने घोषणा हानले गरेको छ ।

शाक्यले भने, ‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छूटको घोषणा गरेका हौं ।’

छुट हानका सदस्य होटेलमा मात्र उपलब्ध हुनेछ । हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् । यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरिएको थियो ।

सोही आधारमा हानले छुट योजना सार्वजनिक गरेको हो । हानको देशभर एक दर्जनभन्दा बढी क्षेत्रीय सञ्जाल फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?