
१४ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् ।
प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए ।
उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको जानकारी चिकित्सकहरुले दिएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4