+
+
Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १४:०४

१४ कार्तिक, कैलाली । कैलालीको पूर्व पश्चिम राजमार्गमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघाडी नगरपालिका-२ साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही वडाका मोटरसाइकलमा सवार ५० वर्षीय देवीराम आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ७ प ८७५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा आचार्यको मृत्यु भएको उनले बताए ।

अनटेस्ट मोटरसाइकल चालक घोडाघाडी नगरपालिका-८ का २३ वर्षीय लोकेन्द्र गुरुङलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का मोटरसाइकल चालक घोडाघोडी-२ का ४६ वर्षीय ईन्द्र आचार्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?