+
+
Shares

साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १४:५८

१४ कात्तिक, काठमाडौं । साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाउने भएको छ ।

पार्टीको भक्तपुर जिल्ला संयोजक रहेका २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रमा २०७४ को चुनावमा विवेकशील साझा पार्टीले ७८३ मत ल्याएको थियो ।

साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?