+
+
Shares

६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १५:४४

१४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित बाराबाट एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।

बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित कलैया उपमहानगरपालिका-४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट आयोगको टोलीले बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कलवारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?