+
+
Shares

सतिराम थारु हत्याको आरोपमा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १६:४२

१४ कात्तिक, बर्दिया । कुटपिट गरी हत्या गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया ठाकुरवावा नगरपालिका-८ का  ३४ वर्षीय  सतिराम थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-७ कै ८ जना युवालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा  २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन रोकाय, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ बर्षीय उमेश वुढा, २४ वर्षीय रामकुमार चौधरी र २३ वर्षीय ज्ञानु विकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्तिक १२ गते अर्थात भाइटिकाको दिन मृतक सतिराम थारुका आफना दाई आशाराम थारु सँग बहिनीको हातबाट टिका लगायर आफनो घरतर्फ फर्कने क्रममा पक्राउ परेका आठैजनाले ढुंगा, हात,  मुक्काले आक्रणगरी गम्भीर घाइते बनाएका थिए । घाइते दुवै जनाको बांकेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । उपचारको क्रममा सतिराम थारुको बुधबार मृत्यु भएको थियो । आशाराम थारुको भने उपचार भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ वास्तोलाका अनुसार पक्राउ परेका र मृतकबीच गएको असोज १६ गते अटोरिक्सा नरोकेको भन्दै सामान्य विवाद भएको थियो । स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा विवादलाई साम्य पारिएको थियो । तर अचानक आठै जना युवाहरुले तिहारको दिन आक्रमण गरेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?