
१४ कात्तिक, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सिराहाबाट ४ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले जिल्लाको नरह गाउँपालिका-३ बाट १ किलो १८० ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका १० बस्ने २० बर्षीय रोशनकुमार यादव, सोही उमेरका संजीतकुमार यादव, १८ बर्षीय संजीत मुखिया र २१ बर्षीय संजय मुखिया छन् ।
प्लाष्टिकको पोकामा राखिएको ब्राउनसुगरसहित उनीहरुले प्रयोग गरिरहेको स५प ३६०३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4