
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्न/ गराउन नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षसँग आयोगले आग्रह गरेको छ ।
लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर स्थानीय दुई पक्षबीचको विवादको क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यू आदेश जारी गरेको र सो क्रममा एक जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न आयोगको प्रदेश कार्यालय बुटवलको टोली घटना स्थल पुगेर अनुगमन गरिरहेको आयोगले बिहीबार साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया 4