+
+
Shares

‘लैङ्गिक हिंसा न्यूनीकरण गर्न मन्त्री थापाले जनप्रतिनिधिसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १८:०७
Photo Credit : अनलाइनखबर फाइल ।

१४ कात्तिक, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसंग लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल गर्ने भएकी छिन् ।

लैङ्गकि हिंसा विरुद्धको वर्ष २०७६ को अभियान अन्तर्गत मन्त्री थापाले आफै सहभागी भएर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी हुन् ।

१८ कात्तिकबाट प्रदेश नं १ बाट छलफल सुरु हुनेछ । छलफल सात वटै प्रदेशमा सञ्चालन हुने मन्त्री थापाको सचिवालयले जानकारी दिएको छ । छलफलमा मूख्यमन्त्री, प्रदेश सांसदहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।

६ जेठमा मन्त्रिपरिषद्ले २०७६ लाई लैंगिक हिँसाविरुद्धको अभियान वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ जेठमा राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारी ‘लैङ्गकि हिंसा विरुद्धको अभियान वर्ष २०७६’ घोषणा गरेका थिए ।

उक्त घोषणापछि मन्त्री थापाले हिंसा न्यूनीकरणका विषयमा सातवटै प्रदेशमा सामाजिक विकासमन्त्री तथा सातवटै प्रदेशका उपसभामुख र विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?