+
+
Shares

जनकपुरको फोहोरले शीर निहुर्‍याएको छ : उपप्रधानमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १८:२३

१४ कात्तिक, जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन अभियान जनकपुरबाट सुरु भएको छ । प्रदेश २ को राजधानी जनकपुरधामबाट संघय तथा प्रदेश सरकारका मन्त्रीहरुले संयुक्त रुपमा प्रवर्द्धन अभियान सुरु गरेका हुन् ।

धनुषाको तिरहुतिया गाछीमा आयोजना कार्यक्रममा संघीय सरकारका उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पर्यटन मन्त्री योगेश भट्टराई, प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री रामनरेश राय यादव, जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतले संयुक्त रुपमा हातेमालो गर्दै भ्रमण बर्ष २०२० प्रवर्द्धनको शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरमा लाखौं पर्यटक ल्याउन सकिने बताए ।

तर जनकपुरको फोहोरले सबैको शीर निहुर्‍याएको उनले बताए । मन्त्री यादवले भने, ‘जब जनकपुरको फोहोरका कुरा हुन्छ, मनमा आत्मग्लानी हुन्छ । के भन्ने नभन्ने थाहा हुँदैन ।’

जनकपुरलाई हराभर, सफा र सुन्दर बनाए मात्र पर्यटक आउने भन्दै उनले भने, ‘साँझ विहान लोटा लिएर सडक छेउमा (शौच गर्न) बस्नेहरुलाई हेर्न पर्यटक आउँदैनन् ।’

वृहत्तर जनकपुर कार्यक्रमका नाममा राज्यले लगानी गरेको तर परिणाम निराशाजनक रहेको उनले बताए । उपप्रधानमन्त्री यादवले मिथिला चित्रकला विश्व प्रसिद्ध रहेको भन्दै यसको संरक्षणका लागि योजना बनाइरहेका बताए ।

पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार तत्पर रहेको बताए । पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्दै लगानी गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया सुरु गरिसकेको भन्दै सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?