
Photo Credit : विष्णु खड्का
१४ कात्तिक, काठमाडौं । काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, अरु ५० भन्दा बढी घाइते भएका छन् ।
बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना हुँदा मिठु विकसहित ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ ।
त्यस्तै घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र अन्य घाइतेको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4