+
+
Shares

स्वास्थ्य क्षेत्रमा सरकारी लगानी अपर्याप्त : मन्त्री बराल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १६:४८

१४ मंसिर ,बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको बताएका छन् ।

उनले लगानी बढाउन तीनै तहका सरकार लागि परेको बताए । बुटवलमा कपाल प्रत्यारोपणको सेवासहित इम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञसहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा हुन नपरोस् भन्न्ने हेतुले सोही अनुसारको दीर्घकालिन योजना निर्माण गरी प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

मन्त्री बरालले स्वाथ्यको पहुँचबाट कोही पनि टाढा हुनुपर्ने अवस्था नरहेको भन्दै निजी, सामुदायिक तथा अन्य संघ संस्थाहरुको स्वास्थ्य क्षेत्रमा भएको लगानीले थप टेवा पुगेको बताए ।

स्वास्थ्य सेवाक्षेत्र सबैभन्दा महत्वपूर्ण भएको भन्दै मन्त्री बरालले स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही गर्न नहुने बताए ।

उनले भन, ‘स्वास्थ्य क्षेत्रमा यदाकता लापरवाही भएको पनि पाईएको छ, यो यहँबाट नहोस्,लगानी सुरक्षा गर्न सरकार तयार छ ।’

प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण तथा अन्य सेवा सहित संचालनमा आएको प्रालिमा १ करोड लगानी रहेको छ । भने १४ जना संचालन सदस्य रहेका छन् । हेल्थ केयरमा १५ जनाले रोजगारी पाएको सचिब राजिव खनालले बताए ।

बुटवल–७ हिलपार्क गेट नजिकै सुरुवात गरिएको प्रालिको उद्घाटन कार्यक्रममा प्रालिका अध्यक्ष डा.दिपककुमार धिताल,जनस्वास्थ्य प्रशासक राजेन्द्र कुमार गिरी, औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई,कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, प्रालिका सञ्चालक सदस्य तथा सचिव राजिव खनाल, अर्का सदस्य सुरेन्द्र भारी लगायतले बोल्दै कपाल प्रत्यारोपण सेवा यसक्षेत्रमा नौलो भएको बताए ।

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले कार्यक्रम स्थलमा निशुल्क सुगर परिक्षण गरेको थियो । ६ जना प्राबिधिकसहितको शिबिरमा ३ सय जनाले लाभ लिएको क्लवका अध्यक्ष भुपेन्द्र रानाले बताए । सोहि कार्यक्रममा मन्त्री बरालको डाइवेटिज परिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?