
१४ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि उपनिवर्नाचन भएको कास्की २ को मतगणना आजैबाट हुने भएको छ । सर्वदलीय बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने सहमति जुटाएको छ ।
शनिबार भएको निर्वाचनमा ४५ हजार ६२१ मत खसेको थियो । यो कुल मतदाताको ६३.४८ प्रतिशत हो ।
तत्कालीन पर्यटनमन्त्री एवं नेकपा सांसद रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा उपचुनाव भएको हो ।
त्यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रवीन्द्र पत्नी विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका हेमराज गुरुङ, साझाकी राजनी केसी र विवेकशील नेपाली दलकी जमुना शर्मा उम्मेदवार छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4