
चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको लोक लयको गीतको सार्वजनिक गरिएको हो । सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र फागूण ९ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ । यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन् ।
मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापाको संगीत, डीपी खनालको शब्द छ । शंकर वीसीले कोरियोग्राफी गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दिन्डु लामाको लगानी छ । चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एकसन छ । चलचित्रका सह–निर्माता फुर्वा हेल्मो हुन् ।
यो चलचित्रले देशको समसामयिक बिषयलाई उठान गरेको छ ।
प्रतिक्रिया 4