
८ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न चाहेका थिए । नियमित एजेण्डामा छलफलपछि बैठक सकिने बेला मन्त्री यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले के प्रस्ताव हो ? भनेपछि उपप्रधानमन्त्री यादवले संविधान संशोधनबारे भएको जवाफ दिए । त्यति भन्नासाथ प्रधानमन्त्री ओलीले ‘स्टप इट’ भन्दै मन्त्री यादवलाई खाममा बन्द रहेको प्रस्ताव नै खोल्न दिएनन् ।
जसका कारण संविधान संशोधन प्रस्तावमा के थियो भन्ने मन्त्रीहरुले समेत थाहा पाएनन् ।
यादवले मन्त्रिपरिषदमा दर्ता गराउन चाहेको संविधान प्रस्ताव अनलाइनखबरले प्राप्त गरेको छ, जसमा संविधानमा संशोधन गर्नुपर्ने विषयहरु पहिचान गर्न संविधानविद् वा सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षमा विज्ञ समूह बनाउने प्रस्ताव गरिएको छ । समितिलाई चार महिनाको समय दिने र त्यसका आधारमा संविधन संशोधन प्रस्ताव बनाउने उल्लेख छ ।
हेर्नुहोस् प्रस्ताव
प्रतिक्रिया 4