
११ पुस, काठमाडौं । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ ।
अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।
विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ ।
दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।
विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएको छ। विमानमा आगो भने नलागेको बताइएको छ ।
दुर्घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार कार्य गरिरहेको त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया 4