
११ पुस, काठमाडौं । अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार बिहान खुल्लामञ्चलाई सिंगार्ने कार्यक्रम हुने भएको छ ।
सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी रंगिचंगी आकृतिहरु कोर्ने कार्यक्रमहरु रहेका छन् ।आकृतिहरुमा थप रङ्ग भर्न बालकदेखि वृद्धासम्मले सहयोग गर्ने छन् ।
टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिक देखि सुरु गरिएको अभियानमा अन्तर्गत टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम रहेको अभियानका संयोजक विजय श्रेष्ठले बातए ।
टुँडिखेलमा कुनै समय एसियाकै ठूलो मैदानको रुपमा रहेको, प्राकृतिक रुपमा भूमिगत जल भण्डारको पुर्नभरणको स्रोत रहेको थियो ।
सांस्कृतिक, प्राकतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिएको भन्दै सम्पदाप्रेमीहरुले टुँडिखेल बचाउ अभियान चलाएका हुन् ।
यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ टुँडिखेल बचाउ अभियान सुरु गरिएको थियो ।
प्रतिक्रिया 4