
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिष्ट्रार दाहालले शुक्रबार नै पदबहाली गरेका छन् ।
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिम रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ ।
दाहाल छथर पोखरी-३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4