+

पीपीएल : लोकेश बम र अनिल खरेलको उदय

२०७६ पुष  १२ गते १७:१२ २०७६ पुष १२ गते १७:१२
पीपीएल : लोकेश बम र अनिल खरेलको उदय

१२ पुस, पोखरा । चिनवन राइनोजलाई नयाँ च्याम्पियन चुन्दै नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण सकिएको छ । शनिबार भएको फाइनलमा बिराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै पहिलो पटक पीपीएलको उपाधि उचाल्यो ।

चितवन गत सिजन फाइनलमा पोखरा पल्टनसँग पराजित भएको थियो भने बिराटनगर पहिलो पटक फाइनलमा पुगेको थियो । पोखरा भने समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा केही विदेशीसँगै नेपाली खेलाडीहरुको प्रदर्शन पनि लोभलाग्दो रहृयो ।

उनीहरु मध्ये दुई हुन्, अनिल खरेल र लोकेश बम ।

धनगढी ब्लूजबाट यो प्रतियोगिता खेलेका अनिल प्रतियोगिताको उदयमान खेलाडी बनेका छन् । धनगढीले खेलेको पाँचबटै खेलमा अवसर पाएका जम्मा ८ विकेट लिएका छन् । काठमाडौं गोल्डेन्सविरुद्धको एक मात्र खेलमा उनले विकेट लिन सकेनन् । त्यो खेलमा उनले मात्र एक ओभर बलिङ गरेका थिए र १९ रन खर्चिएका थिए ।

अन्य चार खेलमा भने उन बलिङ गज्जब रहृयो । धनगढीको पहिलो खेलमा बिराटनगर टाइटन्सविरुद्ध चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिएर एक विकेट लिए । चितनवविरुद्ध ४ ओभरमा १८ रन खर्चिएर २ विकेट लिएका उनले बुटबललाई १३ रन दिएर २ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा पोखरा पल्टनविरुद्ध अझ कसिलो बलिङ गरे । ४ ओभरमा १३ रन दिएका उनले ३ विकेट लिए ।

पीपीएलको प्रदर्शनले देब्रे हाते स्पीनर अनिललाई नेपाली क्रिकेटमा पुनरागमनको बाटो खोल्ने सम्भावना बढेको छ ।

पुनरागमन यसअर्थमा कि उनी एसीसी यू-१६ पि्रमियर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका क्रिकेटर हुन् । २०७१ भदौमा मलेसियामा भएको यो प्रतियोगिता खेल्दा उनी मात्र १३ वर्षका थिए । तर ओमानविरुद्ध ६ विकेट लिएर सनसनी मच्चाएका उनी प्रतियोगिताकै मोस्ट प्रोमिसिङ प्लेयर घोषित भएका थिए । त्यसयता त्यस्तो खास प्रदर्शन देखिएन ।

यस्तै बिराटनगर टाइटन्सका लोकेश बम प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।

समूह चरणमा मात्र तीन खेलमा अवसर पाएका उनले चितवन राइनोजविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए ।

१४७ रनको चुनौती पछ्याएको बिराटनगर ३७ रनमै ६ विकेट गुमाएको अवस्थामा उनी ब्याटिङमा आएका थिए ।

तर उनले केवल ३६ बलमा ५ छक्का र ५ चौकाको मद्धतमा ६२ रन बनाउँदै बिराटनगरलाई खेलमा फर्काए । १० बलमा २१ रन चाहिएको बेला उनी आउट भएपछि चितवनले खेल जित्यो । यही इनिङले उनलाई आशालाग्दा ब्याट्सम्यानका रुपमा चिनायो ।

र, बिराटनगरले समूह चरणको अन्तिम खेलमा बुटवल ब्लास्टरविरुद्ध उनलाई ओपनिङमा खेलायो । उनले लामो इनिङ खेल्न नसके पनि आफ्नो पावर हिटिङ भने देखाए । त्यो खेलमा १३ रन बनाएको उनी इलिमिनेटरमा भने बुटवलविरुद्ध तेस्रो नम्बरमा आए र १९ रन बनाए ।

शनिबार फाइनलमा चितवन राइनोजविरुद्ध तेस्रो नम्बरमा आएका उनी मात्र २ रनमा आउट भए । कुल ५ खेलमा ९७ रन बनाएको भए पनि उनी आशलाग्दो ब्याट्सम्यानका रुपमा देखिएका छन् र, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

प्रतियोगितामा चितवनका करण केसी उत्कृष्ट बलर र काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट ब्याट्सम्यान बन्दा चितवनका रोहन मुस्तफा म्यान अफ दि सिरिज घोषित भएका छन् ।v

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय