+
+
Shares

सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १४:१५

१३ पुस, बुटवल । सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको हो  ।

भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आव्हानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले सार्वजनिक सरोकारको चासोका बारेमा शान्ति समाजले उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता जनाए । उनले देशको ध्यान यही बिषयमा केन्द्रित भइरहेको समेत बताए ।

कालापानी—लिम्पियाधुरा, लिपुलेकदेखि नेपालका मिचिएका भूभाग फिर्ता र  उक्त क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने भन्दै देशभर नै यसप्रकारको कार्यक्रम भइरहेको मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनाल (धनपति)ले बताए ।

भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आहत पुगेको ठहर गर्दै प्रजिअमार्फत ज्ञापनपत्र बुझाइएको समाजका रुपन्देही सहसचिव कपिल ज्ञवालीले बताए । समाजले कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्ने, भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउर्ने, संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न माग गरेको हो ।

भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल अघि बढाउन प्रधानमन्त्रीलाई शान्ति समाजले आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ  । साथै शान्ति समाजले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?