+
+
Shares

धनगढीमा स्टाफ नर्स मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १६:०७

१३ पुस, धनगढी । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढीको निसर्ग र नवजीवन अस्पतालमा कामगर्दै आएकी २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्।

धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै आएकी ऐर आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

‘अबेर सम्मकाममा नआएपछि उनको खोजी सुरु भएको थियो । खोजीकै क्रममा कोठाभित्र उनी मृत फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले भने, ‘उनको मृत्युबारे अनुसन्धान भइरहेको छ ।’

भित्रबाट ढोकाबन्द गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान पछि मात्रै थप कुरा बाहिर आउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?