+
+
Shares

खैरो हिरोइनसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १६:५५

१३ पुस, धनगढी । भारतबाट लागूऔषध खैरो हिरोइन नेपाल ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाकाप्रहरी कार्यालय टीकापुरको टोलीले जानकी गाउँपालिका १ को दुर्गौलीबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमाभारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, लम्की चुहानगरपालिका १ का ३६ वर्षीय राजु अवस्थी र लम्की कै २१ वर्षीय असलम कुरेसी रहेको जिल्लाप्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उनीहरूको साथबाट २० ग्राम ३२० मिलीग्राम खैरो हिरोइन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।

प्रहरीले युपी ३१के८९७२ नम्बरको भारतीयमोटरसाइकल र अस्थायी नम्बर स्टेट २–०३–लम्की–००५ प ७७२६ भएको मोटरसाइकल पनि बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?