
१३ पुुस, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले महिलाले चाहेमा महिलाको प्रगति हुने बताए ।
आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले महिलाले विरोध गर्न नसक्दा उमेर नपुगेका छोरीहरुको विवाह भइरहेको धारणा राखेका हुन् । ‘महिलाको विरोधी महिला नै नहुने हो भने उमेर नपुगेकी छोरीको विवाह गराउँदैनन्’ उनले भने ।
छोरी १५ बर्षको हुनेवित्तिकै महिलाहरुले नै चाँडो विवाह गर्न दवाव दिने गरेको मन्त्री साहले बताए । ‘तिम्रो छोरी ठूलो भइसक्यो, विवाह नगरिदिए भाग्छ भन्ने कुरा एक महिलाले अर्काे महिलालाई भन्ने गरेको र ती महिलाले आफ्नो परिवारमा दवाव दिलाएर विवाह गराउने गरेको साहको भनाइ छ ।
कम उमेरमा विवाह गर्नु भनेको छोरीको हत्यासरह भएको पनि उनले टिप्पणी गरे । महिलाहरुले आफ्ना छोरीलाई अत्यधिक माया गरे पनि बुहारीलाई भने हेँला गरेको पनि उनले बताए ।
प्रतिक्रिया 4