
१४ पुस, काठमाडौं । संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ ।
मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाए ।
बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताए ।
अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । वीरेन्द्र कनौडिय नेपाली कांग्रेसबाट प्रदेश २ का प्रदेशसभा सदस्य पनि हुन् ।
समितिले भने जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई काबारही गर्न निर्देशन दिएको छ ।
बैठकमा वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने उद्योगी पक्राउ गर्द गलत म्यासेज जाने भएकाले सम्पर्कमा ल्याइदिन गृहलाई आइतवार परिपत्र गरिएकाे बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4