+
+
Shares

संरक्षित वन्यजन्तुको अवैध कारोबार, १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १४:२०

१४ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसारमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले एक साताको अवधिमा उनीहरुलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको हो ।

सालकको दुईवटा छालासहित महोत्तरीका सिंहबहादुर मोक्तान, मकवानपुरका कालबहादुर जिम्बा, धादिङका सुके तामाङ र उमेश अधिकारी पक्राउ परेका हुन् ।

त्यस्तै, भालुको पित्तसहित धादिङका ईश्वर थपलिया, दोलखाका ललितबहादुर विक, राजकुमार दाहाल, याम खाती र बैतडीका हरिश भट्ट छन् ।

चितुवाको छालासहित नुवाकोटका सरोज ओझा, काठमाडौंका अखिल लामा भनिने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भनिने कृष्ण साउँद क्षेत्री समातिएका छन् भने सालकको ४ किलो तौल भएको खपटासहित सिन्धुलीका कर्ण रम्तेल पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?