
राकेशलाई नियन्त्रणमा लिदै अख्तियारकाे टाेली ।
१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4