+
+
Shares

बसको ठक्करबाट एक बालिकाको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १७:४८

१४ पुस, काठमाडौं । रौतहटमा बसको ठक्करबाट सोमबार एक बालिकाको मृत्यु भएको छ ।

परोहा नगरपालिका-२ जिगडवा बेलबिछुवास्थित सडकमा ना.३ ख १४२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुनको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको सुकदेव चोकस्थित शिवदर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?