+
+
Shares

पर्यटकको स्वागतका लागि तयार छ ठमेल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १९:३०

१४ पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् ।

सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्‍यालीसहित भ्रमण वर्षको समर्थनमा ऐक्यवद्धता व्यक्त गरेका छौं,’ पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले भने, ‘ठमेलमा रहेका सबै व्यवसायी र स्थानीयले यसमा साथ दिनुभएको छ ।’

उनका अनुसार यस कार्यक्रममा सबै पार्टीमा आवद्ध पर्यटनसँग सम्बन्धित व्यवसायी, ठमेल पर्यटन विकास परिषद्, स्थानीय क्लवलगायतले सामूहिक रुपमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?