+
+
Shares

संविधान संशोधनका लागि सडक र सदनमा संघर्ष गर्छौं : यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १९:५४

१४ पुस, जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले अब आफ्नो पार्टी सडक संघर्षलाई मजबुत बनाएर अगाडि बढ्ने बताएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । संघर्षले नै अधिकार प्राप्त हुने र संघीय प्रणालीलाई समेत मजबुत बनाउने उनले उल्लेख गरे ।

संविधान संशोधन गराउन अब ठूलो बिद्रोहको आवश्यक्ता रहेको उनको भनाइ छ । ‘संविधान संशोधन गराउनकै लागि अब सडक र सदन दुबै ठाउँमा संघर्ष गर्छौं,’ उनले भने, “अब ठूलो संघर्ष हुन्छ ।”

संविधान संशोधन गराउनकै लागि सरकारमा गएको र त्यही लक्ष्य लिएर सरकारबाट पनि बाहिरिएको यादवले बताए । ‘संविधान संशोधन गराउनकै लागि सरकारमा गएका थियौं’ उनले भने, “संशोधन गर्ने सम्झौता गरेका कम्युनिस्ट नेताहरु आफ्नै हस्ताक्षरलाई लत्याएपछि सरकार छाडेका हौं ।”

संविधानमा बराबरीको अधिकार अहिले पनि नभएको भन्दै उनले यस्तै अवस्था रहीरहे ठूलो विष्फोट हुने बताए । अहिले ज्वालामुखी भित्रभित्रै जलिरहेको र एक विन्दुमा आएपछि विष्फोट हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?