
१५ पुस, काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो ।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन पाएन’, उनले अनलाइनखबरसँग भने ।
उनका अनुसार बा ३ ख ९४५० नम्बरको ट्यांकर घरमा गएर ठोक्किएपछि राकिएको थियो । घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी प्रहरीकहाँ पुगेका छन् ।
थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4