
१५ पुस, काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए । उनको बारेमा थप नुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4