+
+
Shares

ल्होछारमा देखिए शीरबन्दी र नौगेडी

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ पुष १५ गते १९:०३

१५ पुस, पोखरा । गुरुङ समुदायको ठूलो पर्व ‘तमु ल्होसार/ल्होछार’ मंगलबार भव्य रुपमा मनाइएको छ । मृग वर्गलाई बिदाइ र मुसा वर्गको स्वागतमा गुरुङ समुदायले आआफ्नो पायक पर्ने ठाउँमा भेला भई खुसियाली मनाएका छन् ।

काठमाडौंमा रहेका गुरुङ समुदाय भने टुँडिखेलमा भेला भएका थिए । उनीहरुले आफ्नो जातीय पोशाकका साथै विभिन्न परम्परागत गरगहना लगाएर मेला र र्‍यालीमा सहभागी भए । ल्होसार मनाउन आएका महिला र युवतीहरुले हाल लोप हुने अवस्थामा पुगेका पुराना गरगहना लगाएका थिए ।

युवतीहरु परम्परागत जातीय पोशाक, घाँटीमा लगाउने परम्परागत मालादेखि शिरबन्दी, कानमा ढुंग्री, गलामा नौगेडी, जन्तरजस्ता पुराना गहनादेखि आधुनिक गरगहनासम्ममा सजिएका थिए ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?